सूचना अधिकारी पौडेल हिजोदेखि सम्पर्कविहीन, « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सूचना अधिकारी पौडेल हिजोदेखि सम्पर्कविहीन,


१० असार २०७५, आइतबार


काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले हिजोदेखि सम्पर्कविहीन रहेका सूचना अधिकारीको ओमराज पौडेलको खोजीमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना अधिकारीको खोजीका लागि अपिल जारी गरेका हुन् । पौडेल महानगरका बरिष्ठ सामाजिक विकास अधिकृत पनि हुन् ।

पौडेल हिजो बिहान ५ बजेदेखि घरपरिवारसँग सम्बन्धविच्छेद रहेको अपिलमा उल्लेख छ । ‘उहाँको खोजी कार्यमा सहयोग गरिदिनुहुन सुरक्षा निकायलगायत सम्पूर्ण संघसंस्थाहरूमा महानगरपालिका कार्यालय हार्दिक अपिल गर्दछौं,’ अपिलमा भनिएको छ ।

महानगरले सूचना अधिकारीको खोजीका लागि कुनै कसर बाँकी नरहने प्रतिवद्धता जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

मेयरले ६ महिनायता मानसिक यातना दिएको युनियनको आरोप

प्रतिक्रिया दिनुहोस