वर्ल्डलिंकको सेवामा दूरसञ्चार प्राधिकरणको चासो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वर्ल्डलिंकको सेवामा दूरसञ्चार प्राधिकरणको चासो


१ असार २०७५, शुक्रबार


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिको सेवाप्रति चासो देखाएको छ ।

प्रशासन डट कममा वर्ल्डलिंकको सेवा गुणस्तरहीन भएको समाचार प्रकाशित भएपछि दूरसञ्चार प्राधिकरणले यसबारे चासो देखाएको हो । दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंकलाई पत्र पठाएर सेवाबारे जानकारी पठाउन निर्देशन दिएको छ ।

गत जेठ २३ प्रशासन डट कमले ‘वर्ल्डलिंकको सेवामा ठगी’ समाचार प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचारः ‘वर्ल्डलिंकको सेवामा ठगी’

त्यस्तै गत बुधबार पनि ‘वर्ल्डलिंक इन्टरनेट : नारा राम्रो, सेवा झुर’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । समाचारमा प्रतिक्रिया दिने अधिकांशले वर्ल्डलिंकको सेवाप्रति प्रश्न उठाएका थिए ।

सम्बन्धित समाचारः वर्ल्डलिंक इन्टरनेट: नारा राम्रो, सेवा झुर

‘त्यस कम्पनीको सेवाबारे प्रशासन डट कममा समाचार उल्लेख भएकाले यस विषयमा जानकारी पठाउनू,’ प्राधिकरणले पठाएको पत्रमा उल्लेख छ ।

वर्ल्डलिंकको सेवाबारे जनगुनासो बढेपछि तत्काल यसबारे जानकारी दिन वर्ल्डलिंकलाई पत्र पठाएको दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन सुवेदीले बताए । ‘त्यसपछि बुझेर अन्य कारवाही गर्छाैं,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस