नेविसंघको बाह्रौं महाधिवेशन साउनमा हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेविसंघको बाह्रौं महाधिवेशन साउनमा हुने


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । नेपाल विद्यार्थी संघको आफ्नो बाह्रौं महाधिवेशन साउन २३ देखि २७ गतेसम्म सम्पन्न गर्ने भएको छ । २०७४ असोज ३१ गतेको राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको वन्द सत्रबाट पास भएको समय अनुसार नै महाधिवेशन सम्पन्न हुने नेविसंघ कार्यालयका मूख्य सचिव डिल्लीराज हमालले बताए ।

नेपाल ल क्यासम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा बिहीबार बोल्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले देश संघियतामा प्रवेश गरिसकेको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकुल बनाउन मस्यौदा तयार भइसकेको र पूर्व कन्द्रिय अध्यक्ष एवम् पदाधिकारीहरुसँग जेठ ३० मा अन्र्तक्रिया कार्यक्रम रहेको बताए ।

यसैगरी अषाढ ३ गते सातै प्रदेशका राजधानीमा विद्यान सम्वन्धि सुझाव संकलन गरिने नेविसंघले जनाएको छ । सुझाव संकलनका नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेको छ ।

प्रदेश १ मा विकास केसी, नविन राई, कृष्ण कार्की, प्रदेश २ मा सन्जय यादव, राजेश रौनियार, परमेश्वर शाह, प्रदेश ३ मा रामप्रसाद अधिकारी, उर्मिला थपलिया, माधव ढकाल, महेश्वरी कुँवर, प्रेमराज जोशीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश नं. ४ मा डिल्लीराम सुवेदी, सागर परियार, हरिहर शर्मा, शिव रिमाल, प्रदेश ५ मा प्रकाश राना, पवन यादव, प्रकाश घिमिरे, ललिता सुनार, प्रदेश ६ मा खडग डाँगी, इश्वर बिष्ट, सधना घिमिरे र प्रदेश ७ मा पुष्पकुमार शाही, अम्बिका चलाउने, अच्युत कलौनीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी असाढ १ गतेबाट सदस्यता वितरण गरिने र २० गतेबाट शैक्षिक संस्था, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

मूल्यवृद्धिको विरोधमा देशव्यापी आन्दोलन चर्काउने
यसैगरी नेविसंघले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धिको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।

उपत्यकास्तरीय अगुवा कार्यकर्ताहरुको भेलाले मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै जेठ २७ गते देशव्यापी सिठी जुलुस, जेठ १९ गते मसाल जुलुस प्रदर्शन गर्ने निर्णय गरेको उपाध्यक्ष पुष्पकुमार शाहीले बताए । उनले उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलाले वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य खारेज नगरिए जेठ ३१ गते देशैभरीका जिल्लाहरुमा प्रधानमन्त्री केपी शर्माओलीको पुत्ला दहन गर्नेसमेत निर्णय गरिएको बताए ।

यसअघि बुधबार नेविसंघले मूल्यवृद्धिको विरोध गर्दै देशैभरीका जिल्ला प्रशसन कार्यालय अगाडि धर्ना दिएको थियो । त्यस्तै नेविसंघले मंगलबार मूल्यवृद्धि खारेजको माग गर्दै देशभरीका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस