सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनः ‘यो सामान्य सरकार होइन, घिसिपिटी तरिकाले चल्दैन’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनः ‘यो सामान्य सरकार होइन, घिसिपिटी तरिकाले चल्दैन’


४ चैत्र २०७४, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब सामान्य तरिकाले सरकारी प्रशासन नचल्ने भएकाले विशेष भूमिकाका साथ जनताको सेवामा लाग्न सबैलाई निर्देशन दिए ।

प्रधानमन्त्रीले भने, ‘दैनिक सामान्यरुपमा मात्रै काम गर्ने तौरतरिकाले अब सरकार चल्न सक्दैन । सरकारको काम कारबाहीमा गति देखिनु पर्दछ । जनताप्रतिको प्रतिबद्धता देखिनु पर्दछ । समृद्ध नेपाल र सुखी नेपालीको सपना देखिनु पर्दछ । घिसिपिटी तरिकाले हुँदैन र हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको ऐतिहासिक प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारको दायित्वसमेत असाधारण र ऐतिहासिक रहेकामा मन्त्रिमण्डलका सदस्य र सरकारका सचिवलाई निर्देशन गराए ।

प्रधानमन्त्रीले भने, ‘यो सामान्य सरकार होइन, असामान्य सरकार हो । हामीले जिम्मेवारी पनि असामान्य तरिकाले नै निर्वाह गर्नुपर्दछ । समान्य समय ठानेर दैनिक कार्य सञ्चालन गर्ने तरिकाले मात्रै सरकार र सरकारी निकाय चल्न सक्दैन ।’

प्रधानमन्त्रीले सन् २०३० सम्म नेपालले दिगो विकास लक्ष्य पूरा गर्नुपर्ने भएकाले सोहीअनुसार अगाडि बढ्नसमेत निर्देशन दिए । संविधानले उल्लेख गरेको मौलिक हकमा समावेश गरिएका सबै विषयलाई कार्यान्वयन गर्न पनि सबैको साझा प्रयासको जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीले सरकारको बृहत् दायित्वलाई पूरा गर्नसमेत साझा प्रयास र साझा संकल्पको जरुरी रहेको स्पष्ट पारे । प्रधानमन्त्रीले शान्ति सुरक्षामा खलल पु¥याउने, मुलुकको सार्वभौमसत्ता, अखण्डतामा आँच आउने तथा सामाजिक अमनचयन खल्बल्याउन खोज्नेलाई पूर्णरुपमा नियन्त्रण गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा खलल पु¥याउन खोज्ने, सामाजिक सद्भाव बिर्गान खोज्ने जो कोहीलाई पनि पूर्णरुपमा नियन्त्रण गर्नुस् । त्यसमा कुनै सम्झौता हुँदैन ।’ प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमितता, अपारदर्शी कार्यमा समेत भ्रष्टाचार कर्तव्यबाट च्यूत हुने, अनियमतता बहानाबाजी गर्ने, जनताको सेवाबाट च्यूत हुने कार्य कदापि पनि स्वीकार्य नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

वर्तमान सरकार ऐतिहासिक अभिभारा पूरा गर्न आएको भन्दै कामचलाउ ढंगले चल्ने र चलाउन खोज्ने प्रवृत्तिसमेत स्वीकार्य नभएको उल्लेख गरे ।

 

Tags :
प्रतिक्रिया दिनुहोस