देशैभर मनसुन सक्रिय, कतै असिना पानी कतै हिमपात « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशैभर मनसुन सक्रिय, कतै असिना पानी कतै हिमपात


१० माघ २०७४, बुधबार


काठमाडौं । आज देशभर पानी परेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर पानी परेको जनाएको छ । बुधवार दिनभरजसो पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट पानी पर्ने सिस्टम नेपाल प्रवेश गरेको विभागले जनाएको हो । मुलुकको मध्यभाग तथा हिमाली जिल्लामा हिमपात भएको छ ।

काठमाडौं उपत्यकाको तुलनामा नेपालको पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ ।

अछाममा असिना पानी परेको छ भने बझाङ, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङ लगायतका जिल्लामा हिमपात भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस