प्रदेश प्रमुख तोक्ने सरकारको तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश प्रमुख तोक्ने सरकारको तयारी


२ माघ २०७४, मंगलबार


काठमाडौं । सरकारले आज (मंगलवार) प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सातवटै प्रदेशका प्रमुख तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज एमाले र माओवादी लगायतका दलसँग छलफल गर्दैछन् ।

छलफल सकिए पछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

सात प्रदेशका लागि कांग्रेस र एमालेको सिफारिसमा दुई दुई जना, माओवादी, राजपा र संघीय समाजवादीको सिफारिसमा एक एक जना गरी सात जना प्रदेश प्रमुख तोकिदैछन् । प्रदेश प्रमुखका लागि प्रधानमन्त्रीले प्रमुख नेताहरुबाट नाम संकलन गरेका छन् ।

प्रदेश प्रमुख हुनका लागि कुनै पनि राजनीतिक दलको नेता वा कार्यकर्ता नभएको, कुनै विषयमा विज्ञता हासिल गरेको र विवादित छबि नभएको व्यक्ति हुनुपर्ने छ ।

सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन । यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस