बस दुर्घटना हुँदा १५ जना घाइते « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

बस दुर्घटना हुँदा १५ जना घाइते


२९ मंसिर २०७४, शुक्रबार


बस दुर्घटना

तनहु । तनहुँको ब्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा आज माइक्रो बस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ६०६२ नं. को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८७५९ नं. को बस एक आपसमा ठोक्किँदा उनीहरू घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

माइक्रो बसले उछिन्ने क्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुबै बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस