कैलाली १ बाट रेशम चौधरी फराकिलो मतअन्तरले विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कैलाली १ बाट रेशम चौधरी फराकिलो मतअन्तरले विजयी


२६ मंसिर २०७४, मंगलबार


कैलाली । प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराकिलो मतअन्तरले विजयी भएका छन् ।

राजपाका उम्मेदवार चौधरी झण्डै २१ हजारको फराकिलो मतअन्तरले विजयी भएका हुन् ।

चौधरी वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई पछि पार्दै ३४ हजार ३४१ मतका साथ विजयी भए ।

उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह ‘गरिमा’ले १३ हजार ४०६ मत मात्र पाइन् भने नेपाली कांग्रेसकी उम्मेदवार इश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरिन् ।

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस