स्थानीय तहको खातामा थप ७५ अर्ब « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहको खातामा थप ७५ अर्ब


३ मंसिर २०७४, आइतबार


काठमाडौं । चालू आर्थिक वर्ष ०७४/७५ को बजेटमार्फत स्थानीय तहका लागि छुट्याइएको समानीकरण अनुदान र ससर्त अनुदानमध्ये दोस्रो किस्ता स्थानीय तहको सञ्चित कोषमा हस्तान्तरण सुरु भएको छ ।

दोस्रो किस्ताबापतको ७५ अर्ब रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्न महालेखा नियन्त्रकको कार्यालयलाई अख्तियारी दिइसकेको अर्थसचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार कानुनी रुपमै अख्तियारी गइसकेका कारण यो रकम १ मंसिरबाटै विनाकुनै रोकटोक हस्तान्तरण सुरु भइसकेको उनले बताए । उपमहालेखा नियन्त्रक सुर्यमणि गौतमका अनुसार स्थानीय तहको सञ्चित कोषमा दोस्रो किस्ताबापतको रकम हस्तान्तरण सुरु भइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस