देउवा भन्छन्- ‘वामपन्थी हावी भए लोकतन्त्र खतरामा’ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

देउवा भन्छन्- ‘वामपन्थी हावी भए लोकतन्त्र खतरामा’


३० कार्तिक २०७४, बिहिबार


कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थी शक्ति हावी भए लोकतन्त्रै खतरामा पर्ने आरोप लगाएका छन् ।

प्रदेश ७ मा बुधबार आयोजित कांग्रेसको पहिलो चुनावी सभालाई लम्कीमा सम्बोधन गर्दै पार्टी सभापतिसमेत रहेका देउवाले यो ऐतिहासिक निर्वाचन भएकाले सबै लोकतन्त्रवादी एक ठाउँमा उभिनुपर्ने बताए । ‘यस पटकको लडाइँ लोकतन्त्रवादी र वामपन्थीबीच भएकाले पनि जनता लोकतन्त्रको पक्षमा उभिने छन्,’ उनले भने, ‘वामपन्थी शक्तिहरू हावी हुँदा लोकतन्त्रमाथि सदैव खतरा भइरहनेछ, यसैले जनताले यस पटक कांग्रेसलाई साथ दिनुपर्नेछ ।’ राजनीतिक अस्थिरताका कारण आफूले धेरै काम गर्न नसकेको दावी गर्दै प्रधानमन्त्रीले भने, ‘संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास गर्न कांग्रेसलाई जिताउनु आवश्यक छ, राजनीतिक स्थायित्व दिन पनि कांग्रेसको नेतृत्व आवश्यक छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस