२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम गठबन्धन लोकतन्त्र विरोधी शक्ति हो : प्रधानमन्त्री देउवा

अ+ अ-

ताप्लेजुङ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाएका छन् ।

ताप्लेजुङबाट कांग्रेसको चुनावी अभियान शुरु गरेका देउवाले आज सदरमुकाम फुङलिङमा आयोजित आमसभालाई सम्बोधन गर्दै वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयता विरोधी रहेको बताए । उनले कम्युनिष्ट शासन स्थापना भए जनताको दैनिकी डर–त्रासपूर्ण हुने छ भने ।

प्रधानमन्त्री देउवाले कांग्रेसबाहेक कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ पनि कम्युनिष्टलाई पराजित गर्नुपर्ने विचार व्यक्त गरे ।

निर्वाचन लोकतन्त्र र साम्यवाद रोज्ने बीचको प्रतिस्पर्धा हो भन्दै प्रधानमन्त्री देउवाले भने– ‘जनता लोकतन्त्र विरोधी छैनन् त्यही भएर साम्यवाद उनीहरुको रोजाइमा पर्दैन, यसैले पनि कांग्रेसको जित सुनिश्चित छ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख बालकृष्ण खाँणले यस पटक कांग्रेस एकताबद्ध भएर चुनावमा होमिएकाले पनि आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

ताप्लेजुङबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार केशवप्रसाद दाहाल र प्रदेशसभा उम्मेदवार लीलादेवी बोखिमले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा आफूहरुले जित हासिल गर्ने भन्दै ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नुअघि दिउँसो पाथीभरा मन्दिरको दर्शनसमेत गरेका थिए ।

0 Comments