अवैध विद्युतीय मुद्रा कारोबारी साढे ४२ लाख धरौटीमा छुटे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवैध विद्युतीय मुद्रा कारोबारी साढे ४२ लाख धरौटीमा छुटे


१७ कार्तिक २०७४, शुक्रबार


काठमाडौं । गैरकानुनी विद्युतीय मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गर्ने सातजना धरौटीमा रिहा भएका छन् । दुई दिनसम्मको बहसपछि बिहीबार काठमाडौं जिल्ला अदालतले बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न सातजनालाई धरौटीमा रिहा गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले अभियुक्तहरूलाई धरौटीमा रिहाइ गर्न आदेश दिएको हो ।

अवैध बिटक्वाइनको कारोबार गर्ने सातजनालाई नेपाल प्रहरीको केन्द्रीइ अनुसन्धान ब्युरो (सिआइबी)ले गत २० असोजमा देशका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीलाई नेपाल राष्ट्र बैंकले पूर्ण रूपमा गैरकानुनी घोषणा गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस