बस दुर्घटनामा १९ जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बस दुर्घटनामा १९ जनाको मृत्यु


११ कार्तिक २०७४, शनिबार


बस दुर्घटना

धादिङ । राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।

मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये दुई जनाको सनाखत भएको छ । मृतक सप्तरी जिल्ला निवासी ६ वर्षीय आदित्य यादव र भारत मधुवनीको ममतादेवी ठाकुर रहेका छन् ।

गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको र १९ जनाको शव फेला परेको र अझै २० जना हराइरहेको अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ । बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन रहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस