स्थानीय तहमा कर्मचारी खटाउन सचिव नै बाधक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तहमा कर्मचारी खटाउन सचिव नै बाधक


९ कार्तिक २०७४, बिहिबार


काठमाडौं । स्थानीय तहमा अधिकतम संख्यामा कर्मचारी खटाउने सरकारको नीतिलाई सामान्य प्रशासन मन्त्रलयका सचिवले असहयोग गरेका छन् ।

स्थानीय विकास मन्त्रालयले माग गरे अनुसार मन्त्रालयले स्थानीय तहमा काज सरुवा गरेका कर्मचारीहरुको सरुवा रद्ध गरेर मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सरकारको नीतिमा असहयोग गरेका हुन् । सचिव सापकोटाले पछिल्लो २ हप्तामा मात्र स्थानीय मन्त्रालयमा काज सरुवा गरि खटाएका ४५ जथना उपसचिवको सरुवा रद्ध गरेका छन्

सचिव सापकोटाले सरुवा गरिएका कर्मचारीको सरुवा रद्ध गरेसँगै स्थानीय तहमा कर्मचारी खटाउने सरकारको प्रयास अवरुद्ध बनेको स्थानीय विकास मन्त्रालयले आरोप लगाएको छ ।

पछिल्लो एक महिनामा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका १ सय १७ जना उपसचिवलाई स्थानीय तहमा काजमा सरुवा गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस