आज गाई तिहार तथा लक्ष्मी पूजा मनाइँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज गाई तिहार तथा लक्ष्मी पूजा मनाइँदै


२ कार्तिक २०७४, बिहिबार


काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज धुमधामसँग गाई तिहार तथा लक्ष्मी पूजा मनाइँदैछ ।

वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको दूध आमाको जतित्तै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ । आज गाईको पूजा गरी मीठामीठा परिकार खान दिए गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको ज्योतिष मनिराज जोशी बताउँछन् ।

आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।

आजै साँझ लक्ष्मी पूजा गर्ने प्रचलन छ । धनधान्यकी देवी लक्ष्मीको धूमधामका साथ पूजा आजा सहित घर घरमा दिप प्रज्वोलन गरी लक्ष्मी पूजा मनाइन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस