२३ दिन ढिलोगरी बाहिरियो मनसुन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२३ दिन ढिलोगरी बाहिरियो मनसुन


३१ आश्विन २०७४, मंगलबार


काठमाडौं । सामान्यतया असोज ७ गते बाहिरिने मनसुन यसपटक २३ दिन ढिलोगरी (अक्टुबर १६) सोमबार बाहिरिएको छ । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान विज्ञले गर्न थालेका छन् ।

बितेका ४९ वर्षको तथ्यांक केलाउँदा मनसुन ढिलो बाहिरिएको यो दोस्रोपटक हो । सबैभन्दा ढिलो सन् २०१३ मा अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो ।

अघिल्लो वर्ष अहिलेभन्दा एक दिन छिटो मनसुन बाहिरिएको थियो । पछिल्ला वर्षहरुमा मनसुन ढिलो बाहिरिने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले देखाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले पाँच दिनअघि बाहिरिन सुरु गरेको मनसुन देशको समग्र भूभागबाट सोमबार बाहिरिएको जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस