पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब


३० आश्विन २०७४, सोमबार


काठमाडौं । प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदहरुले १० अर्ब रुपैयाँ बाँडफाँट गरेका छन् । आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको रकम बाँडेका हुन् ।

निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लंघन हुने भए पनि आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुने गरी उनीहरुले योजना पेस गरेका छन् ।

शनिबार मध्यरातमा पदावधि सकिएका पाँच सय ९३ सांसदले त्यसअघि नै योजना सिफारिस गरेका हुन् । कतिपयले पुरानो मिति राखेर आइतबारै बैठक बसी बजेट बाँडफाँट गरेको स्रोतले बतायो ।

सांसदको संयोजकत्वमा रहेको समितिले गाउँपरिषद् र जिल्ला परिषद्ले प्रथमिकतामा राखेका योजनालाई पनि बेवास्ता गर्दै मनपरी ढंगले बजेट छिरलेको छ । बजेट कार्यान्वयनको अख्तियारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्ला प्राविधिक कार्यालयमा पठाइसकेको छ। आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस