२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य निर्वाचन आज, नेपालले जित्ने आशा

अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि अमेरिकाको न्युयोर्कमा सोमबार साँझ हुने निर्वाचनमा नेपाल पनि उम्मेदवार छ । राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि सोमबार साँझ नेपाली समयअनुसार ७ः४५ मा निर्वाचन सुरु हुनेछ । निर्वाचन प्रक्रिया एक घन्टामा पूरा हुनेछ ।

एसियन ग्रुपबाट नेपाल, अफगानिस्तान, पाकिस्तान, कतार र मलेसिया गरी पाँच देश प्रतिस्पर्धामा छन् । यीमध्ये चार मुलुक परिषद् सदस्यमा निर्वाचित हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अधिकारी यसपटक नेपाल मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित हुनेमा आशावादी देखिएका छन् । परराष्ट्रसचिव शंकरदास बैरागीले परिषद् सदस्यमा विजय सुनिश्चित गर्न न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघ हेर्ने नेपाली नियोगमार्फत राष्ट्रसंघ सदस्य मुलुकसँग लबिङ तीव्र पारिएको बताए ।

‘आज हुने मानवअधिकार परिषद् सदस्य निर्वाचन हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ । मूलतः नेपालको मानवअधिकारप्रतिको प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राख्न र अन्य मुलुकले नेपालको मानवअधिकारबारे प्रश्न उठाए जवाफ दिन यो प्लेटफर्म निकै महत्वपूर्ण हुनेछ’, उनले भने।

साउदी, युएई, इजिप्ट र बहराइनले कतारलाई परिषद् निर्वाचनमा पराजित गर्ने रणनीति अख्यितार गरेको बताइन्छ ।

‘यसोभए कतारलाई जाने भोट नेपालको पोल्टामा आउन सक्ने हाम्रो विश्वास हो । हामीले केही समययता हाम्रो जित सुनिश्चितताका लागि विभिन्न मुलुकसँग कूटनीतिक लबिङ तीव्र पारेका छौं’, परराष्ट्र अधिकारीले भने ।

परिषद् निर्वाचनमा एसियन ग्रुपबाट नेपालबाहेक अन्य सबै मुस्लिम मुलुक छन् । विश्वका मुलुकले मुस्लिमबाहेक एसियन ग्रुपबाट नेपाललाई समर्थन गर्ने विश्वास गरिएको छ ।संयुक्त राष्ट्रसंघको न्युयोर्कमा जारी ७२ औं महासभाका क्रममा मानवअधिकार परिषद् सदस्यका लागि निर्वाचन हुन लागेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments