स्थानीय सरकारले शिक्षकलाई पुरै तलब खुवाउन सकेन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय सरकारले शिक्षकलाई पुरै तलब खुवाउन सकेन


२४ आश्विन २०७४, मंगलबार


काठमाडौं । स्थानीय तहले पहिलोपटकमै सामुदायिक विद्यालयका शिक्षकलाई पूरै तलबभक्ता खुवाउन सकेको छैन ।

सरकारले पहिलोपटक स्थानीय तहमार्फत विद्यालयका शिक्षक कर्मचारीलाई तलब निकासा गरे पनि बजेट अभावले अधिकांशले ६० देखि ७० प्रतिशत मात्र रकम निकासा गरेका छन् ।

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । यसै आर्थिक वर्षदेखि सरकारले सरकारी विद्यालयका शिक्षकको तलब, भक्तासमेत स्थानीय तहलाई नै पठाएको छ । तर, पहिलोपटक स्थानीय तहबाट तलब पाएका शिक्षकले पूरै पारिश्रमिक पाउन सकेनन् ।

शिक्षाका निकायले कर्मचारीको यकीन विवरण नपठाउँदा तलब खुवाउन समस्या भएको आरोप स्थानीय तहका कर्मचारीले लगाउनेगरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस