वीरगञ्जको मेयरमा उद्योगपति विजय सरावगी विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वीरगञ्जको मेयरमा उद्योगपति विजय सरावगी विजयी


११ आश्विन २०७४, बुधबार


वीरगञ्ज । वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उद्योगपति विजय सरावगी विजयी भएका छन्।

स्थानीय तहको तेश्रो चरण अन्तर्गत प्रदेश नम्बर दुईमा भएको निर्वाचनमा त्यहाँको एक मात्र महानगरपालिकाको मेयरमा विजयी सरावगीले १९,३९३ मत ल्याएर विजय प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदीले १७,१९७ मत प्राप्त गरेका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहिसकेका सरावगी स्थानीय तहको चुनाव भन्दा केही समय अगाडी मात्रै उनले संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए। फोरम नेपालको मधेश प्रदेश कोषाध्यक्ष सरावगी ग्रुप अफ इण्डस्ट्रिजका अध्यक्ष हुन्।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसकी ८७ वर्षीया शान्ति कार्की विजयी भएकी छन्। कार्कीले १९,६०७ मत ल्याएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस