राष्ट्रपतिले पठाइन् भीमेश्वरमा क्षमापूजाका लागि सामग्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिले पठाइन् भीमेश्वरमा क्षमापूजाका लागि सामग्री


११ आश्विन २०७४, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाएकीछिन् ।

भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा मंगलबार पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति भण्डारीले पूजा सामग्री पठाएकी हुन् ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, मन्दिरका पूजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितका प्रतिनिधि आज शीतलनिवास आई क्षमा पूजा गर्न आग्रह गरेका उनका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए ।

प्रतिनिधिले शीलाको पसिना पुछेको कपास प्रसादस्वरुप राष्ट्रपतिलाई दिएका थिए ।

यसअघि २०७० सालमा पनि सो मन्दिरका देवतालाई पसिना आएपछि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले क्षमा पूजा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस