२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्क शिखर सम्मेलन सम्बन्धमा सकारात्मक छलफल

अ+ अ-

न्यूयोर्क । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आगामी शिखर सम्मेलन आयोजना गर्ने सम्बन्धमा सार्कको मन्त्रिस्तरीय बैठकमा सकारात्मक छलफल भएको छ ।

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यहाँ आएका सार्क मुलुकका विदेश मामिलासम्बन्धी मन्त्रीहरुको बिहीबार भएको बैठकमा आगामी शिखर सम्मेलन गर्ने सम्बन्धमा सौहार्दरुपमा छलफल भएको छ ।

नेपालको तर्फबाट आयोजना गरिएको साइडलाइन बैठकमा श्रीलंकाबाहेक सबै देशका विदेश मन्त्रीको सहभागिता रहेको उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

“सबैले सार्कको महत्वका विषयमा कुरा राखे, हामीले शिखर सम्मेलन गर्ने सम्बन्धमा प्रस्ताव राख्यौँ, आगामी शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हो । सचिवालयको तर्फबाट मिति तोक्ने गरी बैठक सम्पन्न भयो”, उनले भने ।

सार्कको १८औँ शिखर सम्मेलन नेपालमा सम्पन्न भएपछि १९औँ शिखर सम्मेलन पाकिस्तानमा गर्ने भनिए पनि त्यसबारेमा हालसम्म कुनै प्रगति भएको छैन । यस परिवेशमा सार्कका विदेश मन्त्रीहरुको बैठक बस्नु आफैँमा सकारात्मक हो ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकमा यसअघिको सार्क शिखर सम्मेलनको निर्णयको अवस्थाका बारेमा छलफल भएको बताउँदै निर्णय कार्यान्वयनका लागि यसअघिको कुन देशले के गर्ने भन्ने विषयका बारेमा सदस्य मुलुकले विवरण प्रस्तुत गरेको जानकारी दिए । रासस

0 Comments