तेस्रो चरणको निर्वाचन : कांग्रेसलाई पछ्याउँदै एमाले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तेस्रो चरणको निर्वाचन : कांग्रेसलाई पछ्याउँदै एमाले


५ आश्विन २०७४, बिहिबार


काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशका १७ तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार कांग्रेसले ५ स्थानमा विजयी भएको छ । नतिजा अनुसार एमालेले चार तथा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राजपा नेपाल र संघीय समाजवादी फोरमले दुई–दुई स्थानमा विजयी भएका छन् ।

कसले कहाँ जिते ? हेर्नुस् सूची

नेपाली कांग्रेस
नवलपुर गाउँपालिका – सिरहा
औरही गाउँपालिका – धनुषा
धनकौल गाउँपालिका– सर्लाही
जनकनन्दिनी नगरपालिका – धनुषा
विष्णुपुर गाउँपालिका– सप्तरी

नेकपा एमाले
पटेर्वा सुगौली गाउँपालिका – पर्सा
मुखियापट्टी मुसहरनिया गाउँपालिका – धनुषा
बटेश्वर गाउँपालिका – धनुषा
सप्तकोसी नगरपालिका – सप्तरी

माओवादी केन्द्र
कर्जन्हा गाउँपालिका – सिरहा
अर्नमा गाउँपालिका– सिरहा

फोरम लोकत्रान्त्रिक
विष्णु गाउँपालिका – सर्लाही
इशनाथ नगरपालिका – रौतहट

राजपा नेपाल
हंशपुर नगरपालिका – धनुषा
कौडेना गाउँपालिका – सर्लाही

संघीय समाजवादी फोरम
विष्णुपुर गाउँपालिका – सिरहा
भगवानपुर गाउँपालिका – सिरहा

Tags :
प्रतिक्रिया दिनुहोस