पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी


५ आश्विन २०७४, बिहिबार


पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गरेका पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी ममता चौधरी विजयी भएका शर्माले बताए । उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जु चौधरीलाई ५०० भन्दा बढीको फराकिलो मतअन्तरले पराजित गरेको जानकारी दिए ।

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा एमालेकै फरमान मियाँ, वडा नं. २ मा काँग्रेसका विजय गौरो, वडा नं. ३ मा काँग्रेसकै माधव महतो थारु, वडा नं. ४ मा नेपाल लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारु र वडा नं. ५ मा एमालेका मुक्तिलाल साह विजयी भएका मुख्य निर्वाचन अधिकृत शर्माले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस