दसैंपछि पूरक बजेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दसैंपछि पूरक बजेट


३ आश्विन २०७४, मंगलबार


काठमाडौं । सरकारले दशैंपछि पूरक बजेट ल्याउने भएको छ । औचित्य सावित गर्न सके पूरक बजेट ल्याउन सकिने प्रमुख निर्वाचन आयुक्तको मौखिक सहमतिपछि सरकार बजेट बनाउन तातेको हो । ‘आयोगले भनेअनुसार औचित्य सावित गरी दशैंपछि पूरक बजेट ल्याउने तयारी छ’, प्रधानमन्त्री कार्यालय संबद्ध स्रोतले भन्यो, ‘त्यसका लागि एकाध दिनमै सभामुखसँग समय मागिनेछ ।’

चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा प्रतिपक्ष एमालेले स्थानीय चुनाव परेकाले नपाउने भन्दै अडान लिएपछि सरकारले नयाँ कार्यक्रमबिनाको बजेट ल्याएको थियो । अहिले फेरि प्रदेश र संघीय संसद्को चुनाव घोषणा भइसकेको छ । त्यसैले एमालेले विरोध गर्ने सम्भावना छ । ‘एमालेले उतिबेला चुनावपछि पूरक बजेटमार्फत नयाँ कार्यक्रम ल्याउनु भनेकै हो’, स्रोतले भन्यो, ‘तैपनि एमालेलाई सहमत गराएर पूरक बजेट ल्याउने प्रयास हुनेछ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस