कर्मचारीले बस्ने ठाउँ पाएनन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीले बस्ने ठाउँ पाएनन्


२ आश्विन २०७४, सोमबार


कञ्चनपुर । जिल्लाका विभिन्न सरकारी कार्यालयबाट स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई बस्ने ठाउँकै अभाव देखिएको छ । उनीहरु सम्बन्धित गाउँ वा नगरपालिकामा हाजिर गरेर पुरानै कार्यालय फर्कन थालेका छन् ।

स्थानीय तहमा कर्मचारी अभाव हुन नदिन जनप्रतिनिधिको पदभार लगत्तैदेखि समायोजन प्रक्रिया अघि बढाइएको थियो । वडा तहसम्मै नपुगे पनि अहिले जिल्लाका हरेकजसो निकायबाट स्थानीय तहमा एक–एक जना कर्मचारी पठाइएका छन् । समायोजनपछि कतिपय कर्मचारीले सम्बन्धित तहमा बजेट निनियोजनका बेला कार्यक्रमसमेत पेस गरे । तर कार्यक्रम पारित तथा विभिन्न शाखाका कर्मचारी व्यवस्थापन गर्ने काम हुन सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस