दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री देउवा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री देउवा


३१ भाद्र २०७४, शनिबार


उदयपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज एक समारोहकाबीच शिलान्यास गरे ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए ।

उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पुर्याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे ।

उक्त पुलको लम्बाइ २०० मिटर रहेको छ भने चौडाइ साढे दश मिटर रहेको चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले बताए ।

उक्त पुल राष्ट्रिय योजना आयोगको २२ करोड २५ लाखको लागतमा निर्माण हुनगइरहेको छ भने पुलको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँले निर्माण कार्य शुरु गर्न लागेको हो ।

२०७६ साल चैतमा उक्त पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा् नारायण खड्काले समेत सम्बोधन गरेका थिए ।

आजै प्रधानमन्त्री देउवाले उदयपुरको त्रियुगा नगरपालिका १४ को खाँबुको धाप्लाङटार खोटाङ सडकखण्डको सुनकोशी नदीमापर्ने अर्को सुनकोशीको पुलको पनि शिलान्यास गर्न लागेका नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति हिमाल कार्कीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस