स्थानीय तहलाई गाडी उपलब्ध गराउँदै सरकार, ३ अर्ब खर्च लाग्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहलाई गाडी उपलब्ध गराउँदै सरकार, ३ अर्ब खर्च लाग्ने


२७ भाद्र २०७४, मंगलबार


काठमाडौं । सरकारले सबै स्थानीय तहलाई गाडी उपलब्ध गराउने भएको छ, जसका लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुनेछ । स्थानीय विकास मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई गाडी उपलब्ध गराउन लागेको हो ।

मन्त्रालयले स्थानीय तहलाई फोर हविल (होर डब्ल्यु डी) गाडी उपलब्ध गराउने मापदण्ड तोकेको छ । बजारमा फोर हविल गाडीको न्यूनतम मूल्य ३० लाख रुपैयाँ पर्छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले उपमहानगरपालिका र पुराना नगरपालिकालाई तीनवटा, नयाँ नगरपालिकालाई दुईवटा र गाउँपालिकालाई कम्तीमा एउटा गाडी उपलब्ध गराउने निर्णय भएको बताए । उपमहानगरपालिका १३ वटा छन् भने पुराना नगरपालिका १ सय ९१ वटा थिए । यस हिसाबले स्थानीय तहले तोकेको मापदण्डअनुसार स्थानीय तहलाई उपलब्ध गराउन करिब एक हजार हाराहारीमा गाडि चाहिन्छ ।

स्थानीय तहलाई सकेसम्म चाँडो गाडी उपलब्ध गराउने गरी अर्थ मन्त्रालयसँग बजेट निकासाका लागि प्रस्ताव लैजान लागिएको स्थानीय विकास मन्त्रालयले जानएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस