प्रदेश नं. २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर– नेता निधि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश नं. २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर– नेता निधि


२६ भाद्र २०७४, सोमबार


जनकपुरधाम । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन् ।

नेपाली काँग्रेसको मिडिया सेन्टरद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताए ।

पूर्व महामन्त्री निधिले नेकपा एमाले मधेश विरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राखे ।

प्रदेश नं. २ मा काँगे्रसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाए ।

काँग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं. प्रदेशमा काँग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले काँग्रेसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएका छन् भने ।

उनले तेस्रो चरणको चुनाव मधेश र मधेशी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह हो भने । रासस

Tags :
प्रतिक्रिया दिनुहोस