स्थानीय सरकारको कानुनमा सहमति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्थानीय सरकारको कानुनमा सहमति


२६ भाद्र २०७४, सोमबार


काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अधिकारसम्पन्न बनाउने गरी संसद्को विकास समितिले आइतबार ‘स्थानीय सरकार सञ्चालन विधेयक’ पारित गरेको छ । समितिले विधेयक आगामी असोज ३ मा बस्ने संसद् बैठकमा पेस गर्ने भएको छ ।

संसद्बाट विधेयक पारित भएपछि स्थानीय तहका निर्वाचित पदाधिकारीले ‘फुलफ्लेज’ मा काम गर्न पाउने छन् ।

विकास समितिले आफूअन्तर्गतको उपसमितिले गरेको महिनौं लामो दफावार छलफल र प्रतिवेदनका आधारमा सरकारद्वारा प्रस्तुत ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई ‘स्थानीय सरकार सञ्चालन विधेयक’ नाम दिएको छ ।

संविधानमा उल्लिखित अधिकारको व्याख्या, कार्यसम्पादन प्रक्रिया, कर्मचारी समायोजन, कोष व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषयमा समितिमा सर्वसम्मत निर्णय भए पनि स्थानीय तहका जनप्रतिनिधिको महासंघलाई कानुनी हैसियत दिने÷नदिने विषयमा सांसदहरूको मत विभाजन भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस