मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार


२६ भाद्र २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार गरेका छन् । उनले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएका हुन् । राप्रपासँग अलग्गिएर बनेको राप्रपा ९प्रजातान्त्रिक० बाट तीन मन्त्री र एक राज्यमन्त्री उनले थपेका हुन् । देउवाले २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ को रेकर्डलाई आफैंले तोडेका छन् ।

थपिएकामा दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनील थापालाई उद्योग र विक्रम पाण्डेलाई वनमन्त्रीको जिम्मेवारी तोकिएको छ भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाइएको छ । यो विस्तारसँगै देउवा मन्त्रिपरिषद्मा मन्त्री ३० र राज्यमन्त्री २३ पुगेका छन् ।

निर्वाचन आयोगले नियुक्ति र सरुवा रोकी भदौ १५ देखि निर्वाचन आचारसंहितासमेत लगाइसकेको छ । कर्मचारी सरुवामा आचारसंहिता उल्लंघन भएको भन्दै आपत्ति जनाउने आयोग मन्त्रिपरिषद्मा तीन मन्त्री र एक मन्त्री नियुक्त हुँदा भने मौन छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस