पहाडीको मन जित्दै मधेसी उम्मेदवार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहाडीको मन जित्दै मधेसी उम्मेदवार


२३ भाद्र २०७४, शुक्रबार


चन्द्रनिगाहपुर । मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी’ मनोविज्ञानका विपरीत स्थानीय तहको निर्वाचनमा पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन् । पछिल्लो मधेस आन्दोलनका क्रममा पहाडी र मधेसीको टकराव झेलेको रौतहट चन्द्रनिगाहपुर नजिकका दुई नगरपालिकामा प्रमुख दलले नगरप्रमुखमा मधेसी समुदायका उम्मेदवारलाई अघि सारेका छन् ।

चन्द्रनिगाहपुरलाई मधेसमा बस्ने पहाडीको केन्द्र मानिन्छ । यहाँ कांग्रेसले मेयरमा थारू समुदायलाई अघि सारेको छ । चन्द्रनिगाहपुरको छेउमै रहेको रौतहटको गुजरा नगरपालिका र फतुवाविजयपुर नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीले नगरप्रमुखमा मधेसी थारूलाई अघि सारेका छन् ।

रौतहटको गुजरा र फतुवाविजयपुर नगरपालिकामा चन्द्रनिगाहपुरपछि पहाडी समुदायको उल्लेख्य बसोवास रहेको स्थानीयको बुझाइ छ । कांग्रेसले शेष दाउद, एमालेले रामेश्वरी बण्डा थारू र माओवादी केन्द्रले पलट चौधरीलाई गुजरा नगरपालिका प्रमुखमा उठाएका छन् ।

यस्तै, फतुवाविजयपुरमा कांग्रेसले गोपाल राई यादव, एमालेले बुधाई खा पैठान र माओवादी केन्द्रले सुरेन्द्र राय यादवलाई मेयर पदमा मैदानमा उतारेको छ । कांग्रेसले चन्द्रनिगाहपुर नगरपालिकाबाट समेत मधेसी समुदायका रामचन्द्र चौधरीलाई मेयरमा प्रतिस्पर्धा गराएको छ । चन्द्रनिगाहपुरमा एमालेले उद्धव रेग्मी र माओवादीले युवराज भट्टराईलाई उम्मेदवार बनाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस