कर्मचारी अभावले योजना कार्यान्वयनमा समस्या « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारी अभावले योजना कार्यान्वयनमा समस्या


१८ भाद्र २०७४, आइतबार


काठमाडौं । सबै स्थानीय तहमा आगामी वर्षका लागि नीति तथा कार्यक्रम र योजना पास भइसके पनि कर्मचारी अभावले कार्यान्वयनमा समस्या भएको छ । जिल्लाका १० स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन भने हुन सकेको छैन । गाउँपालिकामा प्रविधिक कर्मचारी नहुँदा विकास निर्माणका ठोस योजना निर्माण गर्न नसकिएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गुनासो गरे । ‘गाउँपालिकामा आझै प्रविधिक कर्मचारी पुगेका छैनन्, अध्यक्ष बुढाले भने, ‘इन्जिनियरहरु गाउँ नगएसम्म बजेट कार्यान्वयनमा प्रक्रिया सुरु हुन सक्दैन । अहिले काम पुरै ठप्प छ ।’

नयाँ बनेका गाउँ र नगरपालिकामा अहिले केवल सिफारिस दिने काम मात्र हुने गरेको बडिगाड गाउँपालिकाका कार्यकारी अधिकृत दुर्गाप्रसाद पौडेलले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस