बस दुर्घटनामा १६ घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बस दुर्घटनामा १६ घाइते


१७ भाद्र २०७४, शनिबार


बस दुर्घटना

भक्तपुर । काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नं.को बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए । स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस