प्रधानमन्त्री देउवाद्वारा चार लेनको पुल शिलान्यास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवाद्वारा चार लेनको पुल शिलान्यास


१५ भाद्र २०७४, बिहिबार


महेन्द्रनगर । महाकाली नदिमा बन्ने चारलेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन्। बिहीबार प्रधानमन्त्री देउवाले भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीस्थित निर्माण स्थलमा पुलको शिलान्यास गरेका हुन् ।

३ अर्ब २६ करोड ९३ लाखको लागतमा निर्माण हुने पुल ३ बर्ष भित्र निर्माण सम्पन्न हुनेछ। कुमार सिएफईसि जेभी महेन्द्रनगरले पुलको निर्माण गर्न लागेको हो। दोधारा चाँदनी झोलुङ्गे पुलबाट २.५ किलोमिटर उतर तथा महाकाली नदिको सारदा ब्यारेजबाट ५ किलोमिटर तल निर्माण हुन लागेको चार लेनको पक्की पुलको लम्बाई ८ सय मिटर छ भने चौडाई २३.८ मिटर रहेको छ।

सरकारले पुल निर्माणका लागि चालू आर्थिक बर्षमा ९९ करोड ६५ लाख रकम बिनियोजन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस