ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्


१३ भाद्र २०७४, मंगलबार


काठमाडौं । शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरु गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् ।

मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन ६ भदौमा निर्देशन दिएको थियो ।

विभिन्न कारण देखाउँदै स्थानीय तहमा नगएपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसहितको बैठकले खटाइएका कर्मचारीलाई हाजिर हुन र सोको जानकारी दिन निर्देशन दिएको थियो । तर, अधिकांश कर्मचारी अझै पनि सरुवा गरिएको स्थानमा गएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस