संसद्मा प्रधानमन्त्रीको जवाफ : संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता गरेको छैन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद्मा प्रधानमन्त्रीको जवाफ : संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता गरेको छैन


१३ भाद्र २०७४, मंगलबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । पाँचदिने भारत भ्रमणबारे संसद्लाई जानकारी गराउँदै सोमबार देउवाले विभिन्न राजनीतिक दल तथा केही सञ्चारमाध्यममा संशोधनबारे आएको टिप्पणी सही नभएको दाबी गरे ।

संविधान निर्माण, स्वीकार्यता तथा कार्यान्वयन मुलुकको राष्ट्रिय प्राथमिकताको एजेन्डा भएको उनले बताए । उनले भने, ‘राष्ट्रिय प्राथमिकताका एजेन्डाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउनु अस्वाभाविक विषय होइन ।

नेपालको शान्तिप्रक्रिया र लोकतन्त्रको संक्रमणमा सघाउँदै आएका छिमेकी एवं मित्रराष्ट्रले यी विषयमा जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन ।’ देउवाले संविधान कार्यान्वयनको सम्बन्धमा छिमेकी वा कुनै मुलुकको हस्तक्षेप स्वीकार्य नहुनेसमेत बताए ।

देउवाले भारतमै संशोधनको विषय उठाएपछि प्रमुख प्रतिपक्षी दल एमालेले कडा आपत्ति जनाएको थियो । सत्तासाझेदार दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत प्रधानमन्त्री भारतमा संशोधनको विषय उठाउनु गलत भएको प्रतिक्रिया दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस