प्रधानमन्त्री देउवाले गरे मन्त्रिमण्डल विस्तार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवाले गरे मन्त्रिमण्डल विस्तार


६ भाद्र २०७४, मंगलबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिमण्डल बिस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट १२ जना राज्यमन्त्री चयन गरेका छन् भने नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना राज्यमन्त्री थपेका छन् । देउवाले आइतबार मात्रै माओवादी केन्द्रबाट आठ जना राज्यमन्त्री बनाएका थिए ।

आज थपिएका राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइनुका साथै बिभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कांग्रेसबाट राज्यमन्त्री हुनेहरुमा शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन् । त्यसै गरी लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकार ३ उपप्रधानमन्त्रीसहित २६ मन्त्री र २३ राज्य मन्त्री गरि ४९ सदस्यीय बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस