बस दुर्घटना दुईको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बस दुर्घटना दुईको मृत्यु


५ भाद्र २०७४, सोमबार


बस दुर्घटना

धनगढी । भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका छन् । खानीडाँडा प्रहरी कार्यालयका सइ विनोद जोशीका अनुसार दुर्घटनामा परी डोटी जिल्ला साविक गडसेरा गाविस–३ का अन्दाजी ७१ वर्षीय नरबहादुर देउवाको मृत्यु भएको छ ।

दुर्घटनामा परेको बसमा च्यापिएको अवस्थामा देउवाको शव निकालिएको सइ जोशीले बताए । घाइते हुनेमध्ये थप एक जनाको पनि मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

घाइतेलाई पद्मा अस्पताल अत्तरियामा भर्ना गरिएको छ । धनगढीबाट डोटीको बिपीनगरतर्फ गइरहेको उक्त बस खानीडाँडामा सडकबाट झण्डै ६० मिटर तल खसेर दुर्घटना भएको हो ।

उकालो र मोड भएको सडकमा अचानक ब्रेकले काम गर्न नसकेपछि बस दुर्घटना भएको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस