निर्वाचन ‘सफल पार्न’ १७ बुँदे निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन ‘सफल पार्न’ १७ बुँदे निर्देशन


२ भाद्र २०७४, शुक्रबार


काठमाडौं । निर्वाचन आयोगले २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन ‘सफल पार्न’ मुख्य सचिवमार्फत् सरकारलाई १७ बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव सूर्यप्रसाद शर्माले शुक्रबार विज्ञप्तिमार्फत सो कुरा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा निर्वाचन आयोगबाट भएका निर्णय तथा पत्राचार सरकारका सबै निकाय उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्ने, निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्था गर्ने, निर्वाचन आयोग र अन्तर्गतका कार्यालय तथा निर्वाचन सामग्री भण्डार स्थलको सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मी परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचनको सिलसिलामा आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृत, पर्यवेक्षकलगायत अन्य कर्मचारीको आवागमन तथा निर्वाचन सामग्री ढुवानी गर्दा/गराउँदा सुरक्षाको आवश्यक प्रबन्ध मिलाउनेलगायत छन् ।

यस्तै, बैठकले निर्वाचनमा शान्ति सुरक्षाको अवस्था चुस्त, दुरुस्त राख्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले कानुन बमोजिम हातहतियार लिन पाउने बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन, कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्द्ुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउन, निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र विक्रि वितरण कार्यमा पूर्ण बन्देज लगाउने गरी विशेष व्यवस्था गर्न र निर्वाचन बिथोल्न सक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को व्यवस्था बमोजिम प्रहरी निगरानीमा राखी आवश्यकता अनुसार नियन्त्रण गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस