प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीहरु बीच छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीहरु बीच छलफल


३२ श्रावण २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार निर्वाचन आयोगसामू प्रदेश र संसदको चुनाव एकैपटक गर्न सम्भव भए–नभएको जिज्ञासा राखेका छन् ।

आयोगका पदाधिकारीहरुले समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभैसकेको अवस्थामा दुई वटै निर्वाचन सञ्चालन गर्न कठिनाई हुने बताएका छन् । व्यवस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न सम्भव रहेको उनीहरुले बताए ।

साथै भेटमा प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकै पटक सञ्चालन गर्न व्यवस्थापकीय हिसावले कति सम्भव हुन्छ आयोगमा छलफल जानकारी गराउने आयोगका पदाधिकारीले बताएका छन् ।

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले मुख्य तीन दलका शीर्ष नेताहरुसँग आजै छलफल गरी निर्वाचनको मिति तय गर्ने सम्बन्धमा उचित निर्णय लिइने बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस