पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु


२९ श्रावण २०७४, आइतबार


हेटौँडा । मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस