कानूनी शासन कायम गर्न प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कानूनी शासन कायम गर्न प्रधानमन्त्रीको निर्देशन


२३ श्रावण २०७४, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन पूर्ण प्रतिवद्घताका साथ डटेर काम गर्न नेपाल प्रहरीका उच्च अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका प्रहरी महानिरीक्षक प्रकाश अर्याल र हालै अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएका टोलीलाई उनले सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले जनधनको सुरक्षाका साथै प्रहरीको छविलाई उच्च राखेर काम गर्नुपर्र्ने बताउँदै तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि विशेष सुरक्षा सतर्कता अपनाउन पनि निर्देशन दिए ।

प्रहरीको काम सुरक्षा मात्रै नभई जनताको दुःखसुखमा साथ दिने साथी पनि भएको उल्लेख गर्दै उनले प्राकृतिक प्रकोपमा पनि चुस्तरुपमा कार्य गर्नका लागि सतर्क रहन प्रहरीलाई आग्रह गरे ।

प्रधानमन्त्रीले देउवाले प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचन र त्यसलगत्तै हुन लागेको प्रतिनिधसभा र प्रदेससभाको निर्वाचनमा शान्ति सुरक्षाको अवस्था मजबुत पार्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस