मलेसियामा एक नेपालीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मलेसियामा एक नेपालीको मृत्यु


९ श्रावण २०७४, सोमबार


राजविराज । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु भएको बताइएको छ । ३ वर्षअगाडि उनी रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

एकदमै गरिब परिवारमा जन्मिएका रामेश्वरका बुबा, आमा, तीन छोरी र पाँच महिनाकी गर्भवती पत्नी छन् । मलेसियामा मृत्यु भएका आफ्ना छोराको शव नेपाल ल्याई दिनका लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवार जनले आग्रह गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस