बिपी स्मृति दिवसका अवसरमा फलफूल वितरण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बिपी स्मृति दिवसका अवसरमा फलफूल वितरण


६ श्रावण २०७४, शुक्रबार


अत्तरिया। जननायक बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र न.५ कैलाली, गोदावरी नगर कार्यसमिति र पाल साँस्कृतिक संघ कैलालीले अत्तरिया स्थित पदमा अस्पतालमा बिरामीहरुलाई फलफूल बितरण गरेका छन् ।

सो सभालाई सम्बोधन गर्दै काँग्रेस क्षेत्र नम्वर ५ का सभापति दीनेश जोशीले बिपीले कुनै नेपाली भोकानांगा नहुन्, शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित नहुन् भन्ने परिकल्पना गरेको चर्चा गर्दै बिपीको सोही विचार नै समाजवाद भएको बताए ।

त्यस्तै नेपाल साँस्कृतिक संघ कैलालीका सभापति सुरत रावत डोटेली कान्छाले काँग्रेसले बिपीको समाजवादी सिद्धान्तलाई अंगीकार गरी अघि बढेको र त्यसैको परिणाम आज देश समृद्धिको मार्गमा अग्रसर भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस