रामनाथ कोविन्द बने भारतका चौधौं राष्ट्रपति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रामनाथ कोविन्द बने भारतका चौधौं राष्ट्रपति


५ श्रावण २०७४, बिहिबार


काठमाडौं । भारतमा सोमबार भएको राष्ट्रपतीय चुनावमा सत्तारुढ भारतीय जनता पार्टीको समर्थनमा उठाइएका दलित उम्मेदवार रामनाथ कोविन्द राष्ट्रपति चुनिएका छन् । उनी भारतको १४ औं राष्ट्रपति हुन् ।

सोमबार भएको मतदानमा उनले ६५.६५ प्रतिशत भोट पाएको भारतीय टेलिभिजन टाइम्स नाउले जनाएको छ ।

बिहीबार सम्पन्न मतगणनामा कोबिन्दले २ हजार ९ सय ३० इलेक्टोरल भोट पाएका थिए भने उनको प्रतिद्वन्द्वीको रुपमा उठेकी मिइरा कुमारले १ हजार ८ सय ४४ इलेक्टोरल भोट पाएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस