प्रधानमन्त्री कप टेबलटेनिसमा करण र दीपिकालाई स्वर्ण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री कप टेबलटेनिसमा करण र दीपिकालाई स्वर्ण


३१ असार २०७४, शनिबार


काठमाडौं । काठमाडौं विश्व विद्यालयका करण राई र काठमाडौं विश्व विद्यालयकै दीपिका श्रेष्ठले दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदको टेबलटेनिसमा शुक्रबार स्वर्ण जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको ४ खेलाडी सहभागी सुपर लिगको छात्र सिंगल्समा करणले ३ खेले जिते । २ खेल जितेका त्रिभूवन विश्व विद्यालयका भावुक जोशी दोश्रो भए । पोखरा विश्व विद्यालयका विवेक कवा र मध्यपश्चिमाञ्चल विश्व विद्यालयका रोशन चौलागाईं संयुक्त रुपमा तेश्रो भए । सुपर लिग राउन्ड रोविन लिगका आधारमा भएको थियो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रा सिंगल्समा पनि काठमाडौंकी दीपिकाले शत प्रतिशत जित निकालिन् । काठमाडौंकै इशिका रेग्मीले २ खेल जितिन् र दोश्रो भइन् । कृषि तथा वन विश्व विद्यालयका निशा श्रेष्ठ र दिब्या श्रेष्ठले तेश्रो स्थानमा चित्त बुझाए ।

छात्र डबल्सको उपाधि काठमाडौंका करण राई र युगेश राईको जोडीले जिते । उक्त जोडीले फाइनलमा पोखराका विवेक कवा र दीपक गिरीको जोडीलाई ११–९, ११–८, ९–११ र ११–७ को सेटमा पराजित गरे । सोही स्पर्धाको छात्रामा काठमाडौंका इशिका रेग्मी र दीपिका श्रेष्ठको जोडी च्याम्पियन बने । उपाधि भिडन्तमा उनीहरुले कृषिका निशा श्रेष्ठ र दिब्या श्रेष्ठको जोडीलाई ११–३, ११–८ र ११–६ को सोझो सेटमा हराए ।

Tags :
प्रतिक्रिया दिनुहोस