अपहरणमा परेका घर्तीको पनि हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अपहरणमा परेका घर्तीको पनि हत्या


२८ असार २०७४, बुधबार


चक्कु प्रहार

दाङ । दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठसँगै अपरणमा पर्नुभएका घोराहीका रणबहादुर घर्तीको पनि हत्या भएको प्रहरीले जनाएको छ ।

राप्ती अञ्चल प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहकाअनुसार श्रेष्ठको हत्या हुनुभन्दा आधा घण्टा अघि घर्तीको हत्या भएको अभियुक्तहरुले बयान दिएको बताए ।

उनीहरुले रणबहादुरसंग पैसा असुल्ने उद्देश्य नभई आफूहरुसंग विवाद भएपछि वास्तविकता बाहिर आउने डरले हत्या गरेको बयानमा उल्लेख गरेको उनले जानकारी दिए ।

श्रेष्ठको जेठ २६ गते अपहरण गरी सल्यान, छत्रेश्वरी गाउँपालिका–४ स्थित झिम्पे रेन्ज जङ्घगलमा लगेर हत्या गरिएको थियो भने घर्तीको शव पनि त्यहीँ आसपासमा रहेको पक्राउ परेकाहरुले बयान दिएका थिए ।

सो घटनामा हत्याका योजनाकारलाई पनि प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस