संविधान संशोधनमा सघाउन देउवको आग्रह, एमालेद्वारा अस्वीकार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधान संशोधनमा सघाउन देउवको आग्रह, एमालेद्वारा अस्वीकार


२७ असार २०७४, मंगलबार


काठमाडौं । अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बीचको छलफल बिना निस्कर्ष टुङ्गीएको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गरेको बैठकमा राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताए । उनले संसदमा दर्ता संशोधन विधेयकलाई प्रक्रियामा लगेर टुङ्गाएर चुनावमा जानुपर्ने आवश्यकतामा जोड दिँदै त्यसमा सघाउन प्रमूख प्रतिपक्षी दललाई आग्रह गरेका थिए ।

जवाफमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले यथास्थितिमा संविधान संशोधन आवश्यक नरहेको धारणा राख्दै प्रधानमन्त्री देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस