निर्वाचन पर्यवेक्षण मञ्च नेपालको पर्यवेक्षण अनुमति रद्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन पर्यवेक्षण मञ्च नेपालको पर्यवेक्षण अनुमति रद्द


२६ असार २०७४, सोमबार


काठमाडौं । आचार संहिता विपरित कार्य गरेको पाइएकोले निर्वाचन पर्यवेक्षण मञ्च नेपाललाई निर्वाचन पर्यवेक्षण गर्न प्रदान गरिएको अनुमति निर्वाचन आयोगले रद्द गरिदिएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले उक्त संस्थाबाट खटिएका पर्यवेक्षकहरूलाई जारी गरिएका परिचयपत्र समेत रद्द गर्ने निर्णय गरेको छ ।

उक्त संस्थाबाट पर्यवेक्षकको रूपमा खटिएर निर्वाचन आचार संहिता विपरित राजनीतिक दलको मतगणना प्रतिनिधिको कार्य गर्ने मीनबहादुर थापा, वुद्धिबहादुर रोकाया र राममणि पौडेललाई भविष्यमा कुनै पनि संस्थाबाट निर्वाचन पर्यवेक्षण गर्न नपाउने गरी अभिलेख राखी सोको जानकारी निर्वाचन पर्यवेक्षण मञ्च नेपाललाई दिने निर्णय आयोगले गरेको छ ।

स्थानीय तह निर्वाचन, २०७४ दोस्रो चरणमा कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिकामा आयोगबाट पर्यवेक्षण अनुमतिप्राप्त उक्त संस्थाका तर्फबाट खटिएका पर्यवेक्षकले आचार संहिता विपरित कार्य गरेको हुँदा आयोगले यस्तो निर्णय गर्नु परेको बताएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस